काठमाडौँ । जनमत पार्टीका नेताकार्यकर्तालाईल प्रहरीले छाडेका छन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैँ महेन्द्र पुलिस क्लब पुगेर उनीहरुलाई छुटाएका हुन् ।
जनमत पार्टीले सोमबार आयोजना गरेको राष्ट्रिय धोती दिवसुको र्याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गरेपछि र्यालीमा सहभागी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पार्टीका अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सांसद अब्दुल खान लगायत ५२ नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरि महेन्द्र पुलिस क्लबमा राखिएको थियो ।