बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बालकुमारी घटनामा चिज देखिएको जस्तो छैन, त्यसभित्र अर्कै केही छ: प्रधानमन्त्री दाहाल


    हुलाक प्रेस

    • सोमबार, पुस १६ २०८००६:०७
    बालकुमारी घटनामा चिज देखिएको जस्तो छैन, त्यसभित्र अर्कै केही छ:  प्रधानमन्त्री दाहाल
    फाइल तस्वीर

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटना लोकतन्त्र र गणतन्त्र विरूद्धको डिजाइन हुन सक्ने बताएका छन् ।

    मेलमिलाप दिवसको अवसरमा सोमबार नेपाली कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शुक्रबारको घटना बाहिर देखिए जस्तो मात्र नभएको बताउँदै लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त छैन भन्ने प्रश्न उब्जिएको बताएका हुन् । 

    ‘बालकुमारी घटनमा चिज देखिएकोजस्तो छैन त्यसभित्र अर्कै केही छ, थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ,’ प्रचण्डले भने, ‘चिज त्यस्तो छैन जस्तो देखिएको छ भन्ने मैले अनुभूत गरेको छु।’

    त्यही कारण तरुन्त सम्बन्धित अधिकारीहरुलाई निलम्बन गर्ने र उच्चस्तरीय छानबिन गर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्रीले बताए ।

    उनले घटना भएको दिन शुक्रबार आफू पूर्वनिर्धारित कार्यक्रममा दोलखामा रहेको र काठमाडौं फर्किएलगत्तै घटनाबारे ब्रिफिङ लिइएको बताए । 

    गत शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडी रोकेर आगजनि गरिएको थियो । प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।

     

     


    प्रतिक्रिया दिनुहोस