बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बालकुमारी घटना : शाह र राउतलाई सरकारले सहिद घोषणा गर्ने सहमति


    हुलाक प्रेस

    • सोमबार, पुस १६ २०८००६:१४
    बालकुमारी घटना : शाह र राउतलाई सरकारले सहिद घोषणा गर्ने सहमति

    काठमाडौँ । बालकुमारी घटनामा मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतलाई सरकारले सहिद घोषणा गर्ने भएको छ । 

    सोमबार मृतकका परिवार र सरकारबिच भएको ४ बुँदे सहमतिमा दुई जनालाई सहिद घोषणा गर्ने सहमति भएको हो । 

    सहमतिअनुसार मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाका लागि आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमतिको तेस्रो बुँदामा उल्लेख छ । 

    गत शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा उनीहरुको मृत्यु भएको थियो । 

    सो घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरिसकेको छ भने  मृतकका परिवारका सदस्यलाई प्रति परिवार दश लाख रकम उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ ।

    Balkumari-ghatana-sahamati.jpg


  • सम्बन्धित विषय:

  • # #balkumarighatana
  • प्रतिक्रिया दिनुहोस