काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र जयशंकरविच सिंहदरबारमा भेटवार्ता भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशंकर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए ।
भेटमा नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्यका बारेमा छलफल हुनेछ ।