काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको बैठक बोलाएको छ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी राष्ट्रिय सभाको उम्मेदवार टुंग्याउन पदाधिकारीको बैठक बोलाएका हुन् ।
अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ ।
राष्ट्रियसभा निर्वाचनका विषयमा सत्ता गठबन्धनभित्र भागबन्डाबारे सहमति भइसकेको छ ।
भागबन्डाअनुसार माओवादी केन्द्रले ६ सिट पाएको छ ।
६ जना उम्मेदवारको टुंगो लगाउन पदाधिकारी बैठक बसेको हो ।