बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • माओवादीले टुंगायो राष्ट्रिय सभा उम्मेदवारको नाम  


    हुलाक प्रेस

    • आइतबार, पुस २२ २०८००३:०२
    माओवादीले टुंगायो राष्ट्रिय सभा उम्मेदवारको नाम  

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको हो ।

    बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा  अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको छ । 

    आज बिहान बसेको गठबन्धनको बैठकले माओवादीको भागमा ६ सिट दिने सहमति भएको थियो । सोही अनुसार माओवादी केन्द्रले पदाधिकारी बैठक बसेर नामको टुंगो लगाएको हो । 

    राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ। त्यसका लागि भोलि उम्मेदवार दर्ता गर्ने कार्यतालिका छ। 


    प्रतिक्रिया दिनुहोस